.
Feature खेलकुद समाचार,
मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा अमेरिकाविरुद्ध नेपालको शानदार जित
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
काठमाण्डौं, २२ भदौ । मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा नेपालले आज अमेरिका लाई ३२ रनले पराजीत गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य पछ्याएको अमेरीकाले ४८ ओभरको खेल चलिरंदा सबै विकेट गुमाएर २ सय २६ रन मात्रै बनाउन सक्यो । यो संगै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको छ भने डिभिजन थ्री मा उक्लन सफल भएको छ ।
नेपालका बसन्त रेग्मी एक्लैले ५ विकेट लिएका छन् । यस्तै , संजम रेग्मी र शक्ति गौचनले २,२ विकेट लिएका छन् ।
किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले सुभास खकुरेलको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । १ सय ४२ बलको सामना गरेका खकुरेलले २ छक्का र १० चौकाको मदतमा १ सय १५ रन बनाए । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, पारस खड्काले ४१ र अनिल मण्डलले २० रन बनाए । अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । प्रदीप ऐरी १४, विनोद दास ७, बसन्त रेग्मी ६ रनमा आउट भए भने सरद भेशवाकर शुन्य रनमा नै पभेलियन फर्किए । शक्ति गौचन र सन्जम रेग्मी समान १–१ रनमा अविजित रहे ।
प्रतियोगिताको एक मात्र अपराजित टोली नेपाल , ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको ४ अंक छ । नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले र दोस्रो खेलमा तान्जानियालाई ८ विकेटले पराजित गरेको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





