.
लोग्नेले कुटे पनि चुप लाग्नुपर्छ न्यायाधीश
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 8 September 2012
भारतको कर्नाटक हाई कोर्टका न्यायाधीश जस्टिस भक्तवत्सलाले फैसलाका श्रीमान्ले कुटपिट गर्दा पनि श्रीमतीले गुनासो गर्न नहुने भनेपछि विवाद उत्पन्न भएको छ ।
अंग्रेजी अखरबार 'द इन्डियन एक्सप्रेस' र कर्नाटकबाट प्रकाशित हुने पत्रिका 'बैंग्लोर मिरर' का अनुसार सन् २००४ देखि न्यायाधीश पदमा कार्यरत भक्तवत्सलाले दम्पतीबीच कुटपिटको मुद्दामा फैसला सुनाउँदै यसो
भनेका हुन् । उनको यो व्याख्याले भारतीय संविधान र महिला हकहितसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूको खिल्ली उडाएको छ ।
'वैवाहिक जीवनमा तलमाथि भइराख्छ, श्रीमान्ले कुटपिट गरे पनि यसको गुनासो गर्नुहुन्न,' न्यायाधीश भक्तवत्सलाले पीडित पत्नीसँग भने, 'किनकि श्रीमान्ले आजीवन हेरचाह गर्छन्, तपाइर्ंका श्रीमान्ले राम्रै आयआर्जन गरिरहेका छन् ।' मनग्यै कमाउने श्रीमान्ले जे गरे पनि हुने उनको आशय देखियो । पारिवारिक सुखशान्ति र दुई सन्तानको राम्रो भविष्यका लागि श्रीमान्को व्यवहारसँग सम्झौता गर्नुपर्ने उनले पीडितलाई सुझाव दिए ।
विरोध हुन थालेपछि न्यायाधीश भक्तवत्सलाले बुधबार सफाइ दिँदै आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएको भन्दै खण्डन गरेका छन् । महिलासँग हुने कुटपिटको आफूले कहिल्यै समर्थन नगरेको दाबी गर्दै आफूले सदैव घरबार बिग्रनबाट बचाउने कोसिस गरेको उनले बताए । उनले सञ्चारमाध्यमले आफ्नो फैसलालाई बढाईचढाई प्रस्तुत गरेको आरोप लगाएका
छन् ।
महिला अधिकार सम्बद्ध संघसंस्थाले उनको भनाइको चर्को विरोध गरेका छन् । न्यायाधीशलाई पदबाट हटाउन उनीहरूले इन्टरनेट मार्फत अभियान चलाएका छन् । भक्तवत्सलाविरुद्ध कारबाही गर्नलाई उनीहरूले मुख्य न्यायाधीशलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
न्यायाधीश भक्तवत्सलाको सरुवा हुनुपर्ने वा महिला सम्बन्धी मुद्दाको सुनुवाइमा उनलाई सामेल गर्न नहुने महिला अधिकारकर्मीहरूले माग गरेका छन् ।
यस मामिलामा हस्तक्षेपको आग्रह गर्दै भारतका मुख्य न्यायाधीश जस्टिस एसएच कापडियालाई ५ सय नागरिकको हस्ताक्ष्ार भएको याचिका पठाइएको छ । यसमा न्यायाधीश भक्तवत्सलाद्वारा दिइएको बयानको निष्पक्ष छानविनको माग गरिएको छ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष ममता शर्माले यो बयानलाई हैरान पार्नेखालको बताएकी छन् । 'न्यायाधीशले यस्तो पक्षपातपूर्ण बयान दिन थालेपछि न्यायका लागि महिलाले कहाँ गएर गुहार्ने ?,' उनले असन्तुष्टि पोखिन् ।
संवैधानिक पदमा बसेका व्यक्तिद्वारा दिइएको गैरजिम्मेवारपूर्ण बयानको कडा विरोध गरिनुपर्ने उनले बताइन् । न्यायाधीश भक्तवत्सलाले यसअघि पनि यस्तो विवादास्पद बयान दिइसकेका छन् । उनले यसअघि तीन अन्य मुद्दामा सुनुवाइ क्रममा यस्तैखाले बयान दिएको ती पत्रिकाले खुलासा गरेका छन् । न्यायाधीश भक्तवत्सलाले गत साता अविवाहित महिला वकिललाई विवाहितको मुद्दामा बहस गर्नमा रोक लगाएका थिए ।
'अविवाहित भएको हुनाले तपाईंले यस्तो मुद्दाको बहस वा पैरवी गर्नलाई योग्य हुनुहुन्न,' उनले महिला वकिलसँग भनेका थिए, 'बिहे भनेको सबैले यात्रा गर्न पाउने सार्वजनिक यातायात प्रणाली
होइन ।' भारतको महिला एवं बाल कल्याणमन्त्री कृष्णा तिरथले गृहिणीलाई आत्मनिर्भर बनाउन कानुन ल्याउने घोषणा गरेको भोलिपल्ट न्यायाधीश भक्तवत्सलाको यस्तो बयान सार्वजनिक भएको हो । उनले सोमबार विशुद्ध गृहिणीलाई आर्थिक रूपले आत्मनिर्भर बनाउन र उनीहरूको मिहिनेतको समाजमा उचित सम्मान दिलाउन श्रीमानल्े तलब दिनुपर्ने कानुनी प्रावधान ल्याउन लागेको बताएकी थिइन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




