.

,

एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर, मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन ।
अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका सिकाउँदैछौं ।

यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई सेभ गर्नुहोस् ।
१. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् ।
२. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् ।
३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् ।
४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका फोन नम्बरहरु छन् त्यसको जानकारी दिन्छ । ओके अपसन छानेपछि मोबाइलमा रहेका सबै नम्बरहरु तपाईको सिममा सेभ हुन्छन् ।
यखि तपाईको धेरै नम्बरहरु छन् र पहिलो तरिकाबाट नम्बरहरु एक मोबाइलबाट अर्को मोबाइलमा लैजान सकिएन भने कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि तपाईले सबैभन्दा पहिले आफ्नो पीसीमा नोकिया ओवीआई पीसी सूट इन्स्टल गर्नुपर्छ । नोकिया पीसी सूटबाट तपाई नोकियाको सेटमा रहेका नम्बरहरु ब्लाकबेरी र अन्य कुनै फोनमा सार्न सक्नुहुनेछ । यदि तपाई ब्लाकबेरी प्रयोग गर्नुहुन्छ भने ब्लाकबेरी डेस्कटप म्यानेजरबाट पनि नम्बरहरु सार्न सक्नुहुनेछ ।
१. सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्स्टल गर्नुहोस् ।
२. अब डाटा केबलको मदतबाट फोनको पीसीमा तपाईले केहीबेर अघि इन्स्टल गरेको पीसी सूटलाई कनेन्ट गर्नुहोस् ।
३. जब पीसी सूटसँग तपाईको फोन कनेक्ट हुन्छ, तपाईको सबै नम्बरहरु स्वत पीसी सूटमा आउँछ ।
४. अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोन कनेक्ट गर्नुहोस् र पीसी सूटमा सेभ भएका सबै नम्बरहरु कपी गर्नुहोस् ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर