.

,

कतारमा लोक दोहोरी गीत प्रतियोगिता कार्यक्रमको सार्वजनिकिकरण I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

बुधबल गुरुङ/बिल गुरुङ, दोहा, कतार

कतै मादल बज्यो भने नाचौं नाचौं हुन्छ
म जस्तो राम्रो नाच्ने भन यहॉ कुन् छ ?

सबैले गीत गाउँ, मैले राम्रो नाच्ने की तिम्ले राम्रो नाच्नी
बाजी ठोकम आऊ झिल्के बाजी ठोकम आऊ
मैले जिते घर ज्वॉईँ बस, तिम्ले जिते लैजाऊ
सबैले गीत गाउँ, झिल्के बाजी ठोकम आऊ
ओई बाजी ठोकम आऊ ।


चर्चित लोक गायिका देविका केसी गुरुङले उपस्थित अतिथी तथा सहभागिहरुलाई छमछमी नचाईन् । यस वर्ष नम्बर एकमा पर्न सफल आफ्नै एल्बमबाट तीजको गितलाई उनले खुल्ला लोक दोहोरी गीत प्रतियोगिता २०१२ को सार्वजनिकिकरण कार्यक्रममा गाएकी थिईन् ।


गत सेप्टेम्बर ७ शुक्रवारका दिन दोहा स्थित क्यापिटल होटलको सभा हलमा संसरा थकाली भान्छा घर प्रमुख प्रायोजक तथा हरि पुन र प्रकास गुरुङको व्यवस्थापनमा तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले खुल्ला लोक दोहोरी गीत प्रतियोगिता २०१२ कार्यक्रमको आयोजना गर्ने घोषणा गरिएको थियो ।

तमू सांस्कृतिक परिवार कतारका अध्यक्ष टक प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक नरेन्द्र भाट हुनुहुन्थ्यो । त्यसै गरी विशेष अतिथीहरुमा एनअनरएनए एनसीसी कतारका अध्यक्ष अमृत गुरुङ, एनअरएन आईसीसीका निवर्तमान उपाध्यक्ष तथा समाजसेवी सागर नेपाल, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यवाहक अध्यक्ष प्रकाश आले मगर, कार्यक्रमको प्रमुख प्रायोजकहरु संसारा थकाली भान्छा घरका प्रबन्ध निर्देशक हरी पुन तथा ब्यवसायी प्रकाश गुरुङ र बरिष्ट लोक गायिका तथा प्रतियोगिता कार्यक्रमको निर्णायक मण्डलका संयोजक देविका के.सी गुरुङ हुनुहुनथ्यो । त्यसै गरी कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

कार्यक्रमबारे तमू समाज कतारका अध्यक्ष तथा नेपाली लोक दोहोरी गीत प्रतियोगिता २०१२ का संयोजक बिमल गुरुङले कार्यक्रमका निति नियमहरु, सहभागि प्रतियोगिहरुको छनौट चरणहरुको बारेमा बताउनु भएको थियो । निर्णायक मण्डलका संयोजक देविका केसी गुरुङले लोक दोहोरीको बारेमा जानकारी दिदै निर्णायक मण्डलका अन्य सदस्यहरुको बारेमा पनि जानकारी दिएको थियो ।

विशेष अतिथी सागर नेपालले स्टेजमा नै ठेट नेपाली लोक भाका गाएर मनोरन्जन गराई आफुले सक्दो सयोग गर्ने प्रतिवद्धता जनाए ।

"विदेशमा हुने जुन सुकै कार्यक्रमहरुका शुरुवात सबै भन्दा पहिले कतारबाट नै भएको छ । यस्ता उदाहरणीय कार्यक्रमहरु कतारमा आयोजना सफलता पूर्वक सम्पन्न गर्ने श्रेय तमू समाज कतारका साथीहरु र यस अन्तरगतका अन्य शाखा संस्थाहरुलाई जान्छ" – प्रमुख अतिथी नरेन्द्र भाटले भन्नुभयो – "यस लोक दोहोरी प्रतियोगिता पनि विदेशमा बस्ने नेपालीहरुको लागि पहिलो हो । यसको लागि गैर आवासिय नेपाली संघले तन मन र धनले सहयोग गर्ने र अरुलाई पनि सहयोग गर्न आव्हान गर्नु भयो ।" उहॉले लोक संगित नेपालको साझा संस्कृति हो, यसमा सिमांकन गर्न जरुरी नभएको पनि बताउनु भयो ।

कतारमा खुल्ला नृत्य प्रतियोगिता, गैर आवासिय नेपाली तारा प्रथम र द्वित्तीय जस्ता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरि सकेको यस सांस्कृतिक समूहले अहिले आयोजना गर्न गईरहेको यो कार्यक्रमले कतारवासी लोक दोहोरीका पारखीहरुलाई भरपुर मनोरन्जन दिन सकिनेमा विश्वस्त रहेको कुरा उपस्थित सम्पूर्ण अतिथीहरुले बताउनु भयो । लोक भाका वा लोक संस्कृति कुनै एउटा जाति वा समुदाय र क्षेत्रको पेवा नभइ सम्पूर्ण नेपालीहरुको साझा संस्कृति भएकोले राष्ट्रको गौरव बढाउने र नेपालको संस्कृति संरक्षण गर्ने यस उदाहरणीय कार्यको सह्राना गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यकार्यक्रममा उपस्थित सबै अतिथीहरु तथा संस्कृति प्रेमी सहभागिहरुबाट कार्यक्रमको प्रभावकारीता बारे प्रतिक्रियाहरु पनि संकलन गरिएको थियो ।

उक्त दोहोरी गीत प्रतियोगिताको लागि सहभागि हुने समूहहरुको नाम दर्ता सेप्टेम्बर २१ शुक्रवार विहान १० बजे सम्ममा गरी सक्नु पर्ने आयोजकले बताएका छन् । विभिन्न चरणहरुबाट छनौट गरी अन्तिमको ग्राण्ड फिनाले कार्यक्रम मुस्लिम धर्मावलम्बीहरुको महान पर्व ईल अल अधा (बक्री ईद)को पहिलो दिन हुनेछ ।

निर्णयक मण्डलका संयोजक तथा बरिष्ट लोक गायिका देविका के.सी गुरुङका अनुसार ग्राण्ड फिनालेमा निर्णायक मण्डलका अन्य सदस्यहरुमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा लोक गायक दुर्गा रायमाझी र अन्य एक जना गरी तीन सदस्यीय हुनेछ । त्यसै गरी चर्चित लोक गायिकाहरु राधिका हमाल र देविका घर्ति मगरले आफ्नो प्रस्तुतिका साथ ग्राण्ड फिनालेमा पुग्ने चार प्रतियोगिहरु संग दोहोरी गाउनेछिन् ।

कार्यक्रमको प्रमुख प्रायोजक तथा ब्यवस्थापक संसारा थकाली भान्सा घरका प्रबन्ध निर्देशक हरी पुन र व्यवसायी प्रकाश गुरुङ रहेका छन् ।




VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर