.
प्रवास समाचार,
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेको नेदरल्यान्डसमा भव्य स्वागत I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
पुष्प बरुवाल, नेदरल्यान्डस -
हाल युरोप भ्रमणमा रहनुभएका नेपाल पत्रकार महासंघका अध्यक्ष श्री शिव गाउँलेको नेदरल्यान्डसमा एक कार्यक्रमका बीच भव्य स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखा, गैर-आवासीय नेपाली संघ नेदरल्यान्डस, नेपाल समाज नेदरल्यान्डस, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस), नमस्ते होल्यान्ड अनलाइन पत्रीका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेदरल्यान्डस च्याप्टर तथा नागरिक समाजका पदाधिकारीहरुले लगायतका संस्थाहरुले संयुक्तरुपमा उहाँको स्वागत गरेका थिए ।
आजै गाउँले नेपाल पत्रकार महासंघ युरोप महाशाखाले आयोजना गरेको नेपाली पत्रकारिता र यसले समाजमा पार्ने प्रभाव बिषयक अन्तरकृया कार्यक्रममा सहभागी हुनुभयो । उक्त अन्तरकृया कार्यक्रममा उपस्थित गैर-आवासीय नेपाली संघका अध्यक्ष श्री नारायण आचार्य, महासचिव (national co-ordinator) श्री श्रीराम कँडेल, नेपाल समाज नेदरल्यान्डसका तर्फबाट श्री फणिन्द्र पन्त, समाज सेवी तथा गैर आवासीय नेपाली संघ नेदरल्यान्डसका निवर्तमान अध्यक्ष श्री हरि पौडेल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)का युरोप कन्टिनेन्टल कमिटि सदस्य तथा नमस्ते होल्यान्ड अनलाइन पत्रीकाका प्रतिनिधि पत्रकार श्री चन्द्र सम्सेर केसी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेदरल्यान्डस च्याप्टरका अध्यक्ष तथा पत्रकार श्री सूर्य राज गिरी, समाजसेवी श्री दिनेश रिजाल लगायतका पदाधिकारीहरुले उक्त अन्तर्कृया कार्यक्रममा सहभागीता जनाउनुभएको थियो ।
उहाँहरुले नेपाली पत्रकारितामा राजनैतिक प्रभाव हुन नहुने तर्फ जोड दिदै समाजिक सन्तुलन र बिकासका लागि पत्रकारको भूमिका निकै ठुलो हुने हुँदा पत्रकारहरुले समाचार लेख्दा सत्य-तथ्य मात्र लेख्नुपर्ने तर्फ महासंघको ध्यानाकर्षण गराउनुभएको थियो । उपस्थित सबै पदाधिकारीहरुको कुरा सुनिसकेपछि पत्रकार महासंघका अध्यक्ष गाउँलेले उठाइएका बिषय र सन्दर्भ ज्यादैनै सान्दर्भिक भएकाले यसलाई आफूले ज्यादै सकरात्मकरुपमा मनन गरेको र यस बिषयमा महासंघ सधैं सचेत रहेको जानकारी गराउनुभएको थियो । उहाँले त्यसरी असत्य र भ्रामक समाचार लेख्ने पत्रकार यदि पत्रकार महासंघको सदस्य रहेछ भने उस्लाई तत्काल सदस्यबाट निष्कासन गर्न महासंघ पछि नपर्ने बिचार राख्दै यसका लागि समाजले पनि पत्रकार र पत्रकारिता पेशालाई सकरात्मक नजरले हेर्नुपर्ने बिचार व्यक्त गर्नुभएको थियो । ज्यादै नै सौहार्द्धरुपमा आयोजना भएको उक्त कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष श्री पुष्प बरुवालले गर्नुभएको थियो । नेदरल्यान्डसको एक दिने भ्रमण सकेर अध्यक्ष गाउँले आजै बेल्जियम जानुहुने कार्यक्रम रहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





