.

,

उपत्याकामा २४ घण्टा यता अहिलेसम्मकै सर्वाधिक बर्षा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

२८ भदौ, काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा गत २४ घन्टामा अहिलेसम्मकै अत्याधिक वर्षा भएको जनाएको छ । महाशाखाले १६६ मिलिलिटर वर्ष भएको अभिलेख दर्ता गरेको छ । नेपालमा वर्षाको अभिलेख सुरु भएदेखि सो अहिलेसम्मकै उच्च वर्षादर भएको बताइएको छ । पछिल्ला दिनमा देशभर मनसुन सक्रिय रहने क्रम जारी रहेको र यो अझै दुईसातासम्म कायम रही बिस्तारै कमजोर बन्दै जाने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन रहने गर्छ तर कहिलेकाहीँ यो एक दुई दिन तलमाथि पनि हुने गर्छ । मनसुन नेपालमा भारतको केराला, आसाम हुँदै मेचीबाट प्रवेश गरेर महाकालीसम्म सक्रिय भई करिब ११० दिनसम्म देशभरका विभिन्न स्थानमा वर्षा चल्ने वरिष्ठ मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

मनसुन कमजोर भएपछि पश्चिमबाट पूर्वतर्फ लाग्ने गर्छ । जुन महिनामा ६०, जुलाईमा ८७ र अगस्तमा ९० प्रतिशत वर्षा भएको अभिलेख सो महाशाखाले दर्ता गरेको छ । महाशाखाका अनुसार करिब तीन महिनाको यो समयमा देशभर एक हजार ४०० मिलिलिटर वर्षा हुनु सामान्य मानिन्छ । चालु वर्षमा सामान्य वर्षाभन्दा कम हुने अनुमान गरिएको छ । रासस

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर