.

,

विदेशीयका सात जना वाकसमा घर फर्केपछि गाउँनै शोकाकुल I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE




भारत । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ दारमा क्षेत्रमा पहिरोमा पुरिएर ७ नेपालीको मृत्यु भएको छ । दार्चुलासंग सीमा जोडिएको भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिल दारमा भन्ने स्थानमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर नेपाली कामदारको मृत्यु भएको हो ।

आइतवार दिउँसो ४ बजेतिर पहिरोमा पुरिएर बैतडी घर भएका ७ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा बैतडी जिल्लाको विशालपुर गाविसका ४३ वर्षिय मानध्वज कोली, ३५ वर्षिय विष्णुराम भुल, ३२ वर्षिय श्यामराम भुल, ४० वर्षिय सन्तोषराम लोहार, ३० वर्षिय रामीराम लोहार छन् । बैतडीकै सर्माली गाविसका २५ वर्षिय बीरेन्द्रराम सोनी र ४९ वर्षिय झुपराम सोनी को पनि पहिरोमा पुरिएको मृत्यु भएको छ ।

सडकमा काम गरिरहेका ११ जना नेपाली कामदारमध्ये ७ जनाको मृत्यु भएको र ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी देवबहादुर बोगटीले बताउनुभयो । गम्भीर घाइते हुनेमा बैतडीको विशालपुर २ का मान लोहार र सर्माली ८ का रमेशराम लोहार रहेका छन् । घाइतेको भारतको धारचुलास्थित सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीले भारतीय प्रहरीबाट घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सोमवार मात्रै जिल्ला प्रहरी कार्यालयमा जानकारी मिलेको थियो । घटनास्थल दार्चुला सदरमुकामसंग जोडिएको भारतीय बजार धारचुलाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्दछ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर