.

,

बलात्कार गर्नेको टाउको काटेर चोकमा फालिदिइन् एक महिलाले I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

२२ भदौ,एजेन्सी । टर्कीमा एक महिलाले आफ्नो बलात्कार गर्ने पुरुषको घाँटी काटेर व्यस्त चोकमा लगेर फालिदिएकी छिन्। २६ वर्षिय नेभिन यिल्ड्रिमले गत हप्ता आफूलाइ लगातर विभिन्न बहाना धम्क्यार आठ महिना यता बलात्कार गर्दै आएका नुर्टिन् गिडरको हत्या गरेकी हुन्।

टर्कीको दक्षिण पश्चिममा रहेको याल्भाक शहरमा बस्ने २६ वर्षिय नेभिन यिल्ड्रिमका श्रीमान कामका लागि गत जनवरीमा अर्को शहर गएका थिए। त्यसपछी नुट्रिन गिडर नामकले व्यक्तिले उनिमाथि दुर्व्यवहार गर्न शुरु गरेका थिए। गिडरले उनका दुइ छोरा छोरीलाई मार्ने धम्की दिदैँ उनमाथि बलात्कार गर्न शुरु गरे। गिडरले उनलाई लगातार आठ महिनासम्म बलात्कार गरेका थिए। तर अगष्ट २८ मा नेभिन् आफूमाथि भएको अपराधबाट आजित भइन् र उनले गिडरमाथि गोली प्रहार गरिन्, उनले गोली त्यतीबेलासम्म प्रहार जव सम्म गिडरको शरिरमा प्राण थियो। उनले गिडरको यौन अंगमा समेत गोली प्रहार गरेकी थिइन। हत्या गरेपछी उनले गिडरको टाउको काटिन् र शहरको चोकमा लगेर सवैले देख्ने ठाँउमा फालिदिइन् । उनले यसको गरेको देखेपछि चोकमा रहेका मानिसहरुको समेत सातो गएको थियो ।चोकमा रहेका मानिसहरुलाइ उनले भनिन् ' मेरो पछाडी मेरो कुरा नगर्नु र मेरो प्रतिष्ठमा नखेल्नु,जसले मेरो प्रतिष्ठमा खेल्यो त्यसको टाउको यहाँ छ' ।

नेभिनले आफूले प्रहरीलाई उजुरी गर्ने पनि सोचेको तर त्यसो गर्दा उल्दै आफुमाथि नै प्रश्न चिन्ह उठ्ने ठानेर प्रतिष्ठाको लागि हत्या गरेको बताएकी छिन्। मैले कयौं पटक आत्महत्या गर्नेबारे पनि सोचे तर सकिन्। हाल उनको गर्भवति समेत भएकी छिन् उनले अधिकारीहरु समक्ष यो बलात्कारीको बच्चा भएकाले गर्भपात गराउन पाउनु पर्ने माग राखेकी छिन्।

टर्कीका महिला अधिकारवादीहरुले उनको उच्च प्रशंसा गर्दै उनलाई 'हिरोइन' भनेका छन् भने टर्कीका मिडियाहरुमा समेत उनको 'ग्लोरीफाइ' गरिएको छ। नेपालीहेडलाइन्स।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर