.
Feature समाचार,
७० वुँदे माग संवोधन गर्न सक्नेले मात्रै राज्य संचालन गर्न सक्छ, हामीले सक्छौं र उठायौं, प्रचण्ड र बाबुरामले गद्धारि गरे :नेता गुरुङ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले राज्यको जिम्मा जो कसैले लिएपनि आफ्नो ७० वुँदे माग पत्रलाई संवोधन गर्न सक्नेले मात्रै राज्य संचालनको जिम्मेवारि बहन गर्न सक्ने बताउनु भएको छ ।
नेता गुरुङले तत्कालिन देउवा सरकारलाई प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुझाएको ४० वुदे ज्ञापन पत्रका वुँदाहरुमा थप ३० वुँदा समावेस गरेर ७० पुरयाएर अहिले भट्टराई प्रधानमन्त्री भएकै पालामा बुझाईनु संयोग मात्रै भएको बताउनु भयो । आफ्ना मुद्धाहरुलाई संवोधन गर्नेहरु नै राज्य संचालनको लागि सुहाउँछन्, उहाँले भन्नुभयो ः“माग पूरा गर्न नसक्नेहरुलाई शासन सत्ता बस्ने अधिकार हुँदैन ।”
नेपालको मूल कार्यक्रम र समाधान गर्नुपर्ने मुद्धा नयाँ जनवादी क्रान्तिको मुद्धा नै भएकोेले यस्बाट मात्रै सबैको हित हुने गुरुङको भनाई थियो । अहिलेसम्मका सरकारहरुले समाधान गर्न नसकेका, प्रधानमनमन्त्री डा.बाबुराम भट्टराई तथा एकिकृत माओआवादीका अध्यक्षल पनि सकारात्मक नभएको उहाँले जिकिर गर्नुभयो । राजाको शासनकाल, कांग्रेस तथा एमालेको सरकारले पनि नगरेको सम्झौता वर्तमान भट्टराई सरकारले तल्लो स्तरसम्म गिरेर राष्ट्रिय हित बिपरितका काम भटाभट गर्न थालेकोले यि घटनाक्रमले उहाँहरु राष्ट्रिय आत्मसमर्पणवादको पराकाष्टामा पुगेको दावि गर्नुभयो ।
नयाँ दिल्लीमा गरिएको १२ वुँदे सम्झौताबाटै गम्भिर त्रुटिको आरम्भ भएको दावि गर्दै गुरुङले भारतको रोहवरमा सम्झौता गरिएकोले त्यहिंबाटै बेठिक काम भएकोले नेपाली राजनीतिमा हस्तक्षेप भईरहेको बताउनु भयो । उहाँले राष्ट्रिय सार्वभौम सत्ताको रक्षाको लागि भन्दा पनि नेताहरुले उनिहरुले फुटाउ र शासन गरको सिद्धान्तलाई लागु गरी हिंडेकोको बाटोलाई अंगिकार गरिरहेकोले मुलुकको अवस्था सिक्किमिकरणको दिशामा जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
७० वुँदे मागहरु पूरा गर्न सक्ने खालका रहेकोले आफुहरु सरकारमा गएको खण्डमा जम्मै मागहरुलाई पूरा गर्न कुनै कठिनाई नहुने बताउँदै प्रचारको लागि ल्याईएको होईन भन्नुभयो । कार्यान्वयनमा ल्याउनको लागि अगाडी सारिएको हो, उहाँले भन्नुभयो ः“प्रचण्ड र बाबुरामले गद्धारी गरे, उनिहरुले जस्तै आफुहरु सत्तामा पुगे त्यस्तै काम गर्लान भनेर दाँज्न मिल्दैन ।”
एउटा अर्को प्रसंगमा गुरुङले संसारका दश वटा मुलुक मध्य नेपाल पनि आम्दानी हुने मुलुकमा पर्ने दावि गर्दै नेपाल विदेशीको निम्ति कमाउने थलोको रुपमा बन्ने तर जनता गरिबीको रेखामुनि बस्ने, बिस्थापित हुने र युवाहरु विदेशीने स्थिति आउने बवस्था पैदा हुनु नव उपनिवेशवादको पराकाष्टा भएको बताउनु भयो ।
एकिृत माओवादीका सचिव देव गुरुङ आज बिहान पोखरामा रेडियो अन्नपूर्णको छलफलमूलक कार्यक्रम आजको वैठकमा कुराकानी गर्दै हुनुहुन्थ्यो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





