.
entertainment feature,
नायिका विपना थापा ऋण लिएको आठ लाख नतिरी गायब भईन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
काठमाडौं । कुनै समय नेपाली चलचित्र क्षेत्रमा अग्रपंक्तिमध्यमै गनिने नायिका विपना थापाको नाम युवा पुस्ताले लगभग बिर्सिसकेको छ । तर उनलाई सम्झने बेला त आएको छ, नायिका होइन खराब ऋणीका रुपमा । भारतीय नागरिकसँग विवाह गाँठो कसेपछि लगभल सिनेमा क्षेत्रबाट पलायन भएकी नायिका थापा अहिले कालो सूचिमा परेर उदाएकी छिन् ।
गाडी खरिदका लागि लिएको ऋण हालसम्म नतिरेपछि थापाविरुद्ध ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गरिएको छ । साउन ११ मा थापा विरुद्ध मुद्दा दायर भएको हो । थापाले २०६२ जेठ १७ मा काठमाडौंको नारायणी नेश्नल फाइनान्सबाट आठ लाख रुपियाँ ऋण लिएकी थिइन् । ऋणमा सोही गाडी धितो थियो । उक्त गाडी लिलाम बिक्री गरेर समेत ऋण चुक्ता नभएपछि फाइनान्सले मुद्दा हालेको हो ।
विपनाले १७ हजार तीन सय ९४ रुपियाँ ६० किस्ता बुझाउनुपर्नेमा २० किस्ता मात्रै बुझाएको फाइनान्सले दायर गरेको मुद्दामा उल्लेख छ । फाइनान्सले ७ लाख २६ हजार पाँच सय ८० रुपियाँ दाबी गरेको छ । फाइनान्सले पटकपटक सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेपनि उनी बेखबर बनेपछि कर्जा सूचना केन्द्रले कालो सूचिमा समेत राखेको छ, विपनालाई ।
विपना नेपाली सिने क्षेत्रमा डेढ दशक सक्रिय यात्रा गरेकी नायिका हुन् । उनले करिब डेढ सय सिनेमामा अभिनय गरेकी छिन् । विवाहपश्चात उनी भारतमै बसोबास गर्छिन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





