.

,

पदीय मर्यादाले बोल्न नदिए पनि राष्ट्रध्यक्षको नाताले राष्ट्रियता कमजोर भएको हेर्न सक्दिन I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

राष्ट्रपति डा. रामवरण यादवले पदिय मर्यादाले बोल्न नदिए पनि राष्ट्रध्यक्षको नाताले राष्ट्रियता कमजोर भएको हेर्न नसकेको बताएका छन् ।

बीपी जयन्तीको अवसरमा बीपी संग्राहालय सुन्दरीजलमा सोमबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति यादवले भनेका छन् ‘आफ्नो पदको मर्यादा राखेर राजनीतिक कुरा गर्न नहुने भए पनि राष्ट्रध्यक्षको नाताले राष्ट्रियता कमजोर भएको हेर्न सक्दिन ।’ ९९ औँ बीपी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा यादवले २००७ र २०४६ सालको उपलब्धि केही प्रमुख दलको फुटले गुमेको भन्दै वर्तमान अवस्थामा एकीकृत माओवादी फुट्नु राम्रो नभएको बताएका छन् ।

यादवले एकीकृत माओवादी बाट फुटेर नेकपा–माओवादी गठन गरेका मोहन वैद्य सँगको भेटमा एकजुट भएर जान आग्रह गरेको समेत खुलासा गरेका छन् । यादवले भने ‘कांग्रेस एमाले फुट्दा लोकतन्त्रका उपलब्धि गुमेका छन् तपाईहरु सकभर मिल्नुस् भनेँ ।’ राष्ट्रपतिलाई पार्टी फुटेपछि माओवादीका अध्यक्ष वैद्य स्वयम् केही नेतासहित शितल निवास पुग्दा राष्ट्रपतिले यस्तो सुझावा दिएको खुलासा गरेका हुन । यादवले प्रमुख दलका शीर्ष नेतालाई सहमतिका लागि पटक पटक गरिएको आग्रह वेवस्था गरेको प्रति आपत्ति जनाएका छन् ।


संवैधानिक संकटले राजनीतिक अस्थिरतालाई निरन्तरता दिइरहेका बेला यादवले पटक पटक शीर्ष दलका शीर्ष नेतालार्य शितल निवासमा बोलाएर सहमतिका आधारमा राजनीति निकास खोज्न आग्रह गर्दै आएका छन् । राजनीतिक दल भने खुट्टा तानातान र पदको लोभले सधैँ झगडामै व्यस्त देखिन्छन् । यादवले प्रमुख दल सहित मधेसी शक्तिका बीच एकता भएर राष्ट्रिय सहमति गर्नु पर्ने समेत बताएका छन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर