.
Feature खेलकुद समाचार,
अन्तराष्ट्रिय क्रिकेट जगतमा नेपाललाई अहिलेसम्मकै सर्वाधिक सफलता I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
मलेसिया, २५ भदौ । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफलता हात पारेको छ । फाइनलमा अमेरिकालाई आज ८ विकेटले पराजित गर्दै नेपाल आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ४ को च्याम्पियन बनेको हो । अमेरिकासँगै सिंगापुर, डेनमार्क, मलेसिया र तान्जिनिया रहेको डिभिजन ४ मा नेपाल सवै ६ खेलमा अपराजित रहँदै डिभिजन ३ मा उक्लिएको हो । अमेरिकाले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ६६ रन जोडेका थिए । उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।
यस्तै अविजित रहदै सुभाष खकुरेलले ४० र पारस खड्का २५ रनको योगदान गरेका थिए । टोलीको ९ रन हुँदा अनिल मण्डललाई व्यक्तिगत ३ रनमा गुमाएपनि दोस्रो विकेटका लागि मल्ल र खकुरेलले ९३ रनको साझेदारी गरेपछि नेपालले अमेरिकाविरुद्ध सहज जित निकालेको हो । नेपालले समुह चरणमा समेत अमेरिकालाई ३२ रनले पराजित गरेको थियो । यसअघि, बसन्त रेग्मी एक्लैले ५ विकेट लिएपछि क्वालालाम्पुरमा टस जितेर व्याटिङ गरेको अमेरिका ४८ ओभर १ बलमा १ सय ४५ रनमा समेटिएको थियो । अमेरिकाका सुशील नाडकर्नी र ओर्लाण्डो बेकरले समान ३९ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ बसन्तका अतिरिक्त शक्ति गौचनले २ तथा पारस खड्का, विनोद दाश र संजम रेग्मीले समान १ विकेट लिए । बसन्तले प्रतियोगितामा सर्वाधिक २१ विकेट लिएका छन् । कसिलो बलिङ्ग गरेको नेपालले आज अतिरिक्त रनको रुपमा एकमात्र लेगबाई दिएको थियो ।
यसैबीच, डेनमार्कलाई ५ विकेटले पराजित गर्दै सिंगापुरले प्रतियोगितामा तेस्रो स्थान हासिल गरको छ । पांचौ स्थानका लागि अहिले मलेसिया र तान्जानियाबीच प्रतिस्पर्धा भईरहेको छ । यी दुवै टोली अन्तिम २ मा रहदै डिभिजन ५ मा झरेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





