.

,

नेपाली जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा बि पी जयन्ती मनाइयो I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


नेपाली जनसम्पर्क समिति अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा महामानब बि पीकोइरालाको ९९ औ जन्म जयन्ती Nepal Cuisine Restaurant, Table Mesa Drive, Boulder Colorado मा भब्य समारोह बिच मनाइयो। उक्त कार्यक्रममा च्याप्टरका कार्यबाहक सभापति श्री गणेशराज भण्डारीको अध्यक्ष्यतामा भएको थियो। ज्ञात अज्ञात शहीद प्रती एक मिनट मौनधारण गरि शुरु गरिएको उक्त कार्यक्रममा बि पी को तस्बिरमा फुल माला अर्पणगरीएको थियो। बि पी को जीवनी बारेमा सम्क्षिप्त जानकारी च्याप्टरका महासचिब श्री बिनोद गौली ले गराउनुभएको थियो।

पुर्व संयोजक एबं केन्द्रिय प्रतिनिधि जगन्नाथ गौतमले बि पी एक शाहसिक युग पुरुष हुनुहुन्थ्यो भन्दै उहाँ एक अन्तरराष्ट्रिय समाजबादी आन्दोलनका नेता हुनुहुन्थ्यो भन्नुभयो। किसानको तस्बिर हेरेर योजना बनाउनु पर्छ भन्ने बि पी को सिद्धान्तलाई पालना गर्न नसक्दा, देश अहिले अशान्तिको चपेटामा परीरहेको छ भन्नुभयो।

पूर्व सल्लाहकार एबं केन्द्रिय प्रतिनिधि बुद्धी प्रसाद लामिछानेले बि पी को बारेमा प्रकाश पार्दै बि पी एक सफल राज नेता एबं साहित्यका सिखर पुरुष हुनुहुन्थ्यो भन्दै साम्यबादमा प्रजातन्त्र थपिदियो भने प्रजातान्त्रिक समाजबाद हुन्छ भनेर बि पी ले प्रजातान्त्रिक समाजबादको व्याख्या गर्नेगरेको कुरालाई स्मरण गर्नुभएको थियो। उहाँ राष्ट्रबादी हुनुहुन्थ्यो भन्दै राष्ट्रियताको निम्ती चाइना र भारत सँग समेत टक्कर लिनुभएको कुरा जानकारी गराउनु भएको थियो। उहाँले बि पी का पिताजी कृष्ण प्रसाद कोइरालाको योगदानको समेत चर्चा गर्नु भएको थियो। रक्की माउनटेन फ्रेन्डशिप अफ नेपालका प्रतिनिधि श्रीप्रेमकाजी श्रेष्ठले उहाँ समाजवादी चिन्तकप्रजातन्त्रका पहरेदार तथा साहित्यिक ब्यक्तित्व हुनुहुन्थ्यो भन्दै श्रदान्जली मन्तब्य दिनुभएको थियो।


नेपाली जनसम्पर्क समिती अमेरिकाका पूर्वकेन्द्रिय सद्स्य श्री झलक सोतीले वि पी एक सच्चाप्रजातन्त्रबादी, देश भक्त, इमान्दार, कुशल नेत्रित्वदाई ब्यक्तित्व हुनुन्थ्यो भन्नुभयो। नेपालमा उहाँको दर्शनअनुसार चल्न सकेको भए आज देशले यस्तो दुर्गाती भोग्नु पर्दैनथियो भन्नुभयो।

यसै गरी च्याप्टरका सद्स्य एबं केन्द्रिय प्रतिनिधि श्रीमती महालक्ष्मी शर्मा, श्रीमती नीरा गौतमले मन्तव्य ब्यक्त गर्दै वि पी दूर्दर्शी राजनेता हुनुहुन्थ्यो भन्दै वि पी कोइरालाको प्रजातान्त्रिक समाजवाद मध्यमबाटनै देश बिकास हुन सक्छ भन्ने धारणा ब्यक्त गर्नुभएको थियो। यसै गरी च्याप्टरका सद्स्य एबं केन्द्रिय प्रतिनिधि भगबती लामिछाने, मछेन्द्र श्रेष्ठ, हेमकुमार श्रेष्ठ, कृष्ण सुबेदी, बिकल पराजुली, बन्दना भण्डारी, सोना सुबेदी, सुलोचना लामिछाने समेतले विपी प्रति श्रदान्जली ब्यक्त गर्नु भएको थियो।

हाल कोलोराडो बाहिर रहनुभएका सभापति श्री विश्व नाथ भण्डारीले समेत email मार्फत मन्तव्य ब्यक्त गर्दै महामानव वि पी कोइराला प्रजातान्त्रिक समाजवादका व्याक्ख्यता हुनुहुन्थ्यो भन्दै बी पी ले देखाएको बाटो अवलम्बन गर्दै जानसकेमा नै उहाँको जन्मजयन्ती मनाएको सार्थकता हुनेछ भन्नुभयो।

समापन मन्तव्य ब्यक्त गर्दै सभापतिको आसन बाट कार्यबाहक सभापति श्री गणेशराज भण्डारीले महामानव वि पी कोइराला एक ब्यक्ति भए पनि उहाँ भित्र तीन वटा ब्यक्तित्व निहित रहेको कुरा ब्यक्त गर्दै बि पी का ति तीन ब्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो। पहिलो दार्शनिक ब्यक्तित्व जसले प्रजातान्त्रिक समाजबादको दर्शन दियो, दोश्रो राजनैतीक ब्यक्तित्व जसले राणा शासनको अन्त्य र प्रजातन्त्रको लागि योगदान दियो र तेस्रो साहित्यिक ब्यक्तित्व जसले नेपाली साहित्यमा नौलो मनोबैज्ञानीक धार को सुत्रपात गर्दै साहित्यिक नेत्रित्व गर्न सक्यो भन्नुभयो। बि पी को मेलमिलाप को निती र प्रजातान्त्रिक समाजबादको सिदान्तलाई अनुसरण गर्न सके शान्ति प्रकिया टुङोमा पुग्ने र देशको बिकास हुनेथियो भन्दै कार्यक्रममा उपस्थीत अथीती लगायत सम्पूर्ण महानुभावहरुलाई आभार प्रकट गर्नु भएको थियो। कार्यक्रम सञ्चालन च्याप्टरका महासचिब श्री बिनोद गौलीले गर्नु भएको थियो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर