.
Feature समाचार,
सहमति कार्यान्वयन नगरे देश डुब्ने भो - सुशील कोइराला I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
म्याग्दी, २५ भदौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओबादीले बिगतका सहमति कार्यान्वयन नगरेसम्म उसँग अब कुनै पनी सहकार्य नहुले बताएका छन् । उनले यसअघि भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म माओवादीसंग अर्को सहमति नहुने पनि जिकिर गरे । नेपाल प्रेस युनियनले आज म्याग्दीमा गरेको भेटघाटमा कोइरालाले राजनीतिक संकट समाधानका लागि सहमतिको विकल्प नभएको भन्दै माओवादी लोकतन्त्रप्रति प्रतिवद्ध नबन्दासम्म ऊ सँग अव कुनै नयाँ सम्झौता नगर्ने दृढता व्यक्त गरेका हुन् ।
अर्को प्रसंगमा पार्टी भित्र आफूले बिधि र बिधानमा रहेर गरेको निर्णयको बिरोध गर्नुको कुनै अर्थ नरहेको भन्दै कुनै गल्ती भए छलफलबाट सच्चाउन तयार रहेको बताए । काँग्रेसका केन्द्रीय सदस्यद्धय अजुननरसिंह केसी र अर्जुनप्रसाद जोशीले पनि माओवादीका कारण संबिधान बन्न नसकेको आरोप लगाए । म्याग्दीमा काँग्रेसले आजै ९९ औं विपि जयन्तीको अवसरमा जिल्लाका ८० वर्ष पार गरेका १० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





