.
समाचार,
पोखरामा भैसीं चोर र लागूऔषधको कारोबार गर्ने पक्राउ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
२५ भदौ,पोखरा। भैंसी चोरी गर्ने तीनजना पोखराबाट पक्राउ परेका छन् । पोखरा घारीपाटनकी मिना तिमिल्सीनाको भैंसी चराउन भन्दै फुकाएर हिँड्ने कास्कीका पुकार मानन्धर, दोलखाका रमेश थापा र सिन्धुपाल्चोकका किरण तामाङ पक्राउ परेका हुन् ।
उनीहरुले शनिबार साँझ तिमिल्सिनाको गोठबाट भैंसी फुकाएर लगेका थिए । पोखराको रत्नचोकमा ग्राहक खोजिरहेको अवस्थामा भैंसीसहित समातिएका तिनैजना विरुद्ध चोरी मुद्धा दायर गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
यस्तै पोखरामै अवैध लागूऔषधको कारोबार गर्ने दुई युवा पनि पक्राउ परेका छन् । लागू औषध बुप्रि नर्फिन २७ थान, डाईजापाम ३३ थान र फेनरागन ३३ थान सहित पोखराका लक्ष्मण गुरुङ्ग पक्राउ परेका हुन् । गुरुङ्गलाई लागूऔषध बिक्री गर्ने अर्चलवोटका उमेश पुनलाई पनि पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




