.
प्रवास समाचार,
बेल्जियममा बेल्जिक नागरिकद्वारा नेपाल फेस्टिबलको आयोजना I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 10 September 2012
दीपक ज्योति पौडेल, बेल्जियम -
नेपालका सडक, अनाथ साथै अति निम्न आर्थिक अवस्था भएका बालबालिका लागी आवास र शिक्षाको प्रवन्ध गर्दै आईरहेका साँग्रिला होम (shangrila Home,vzw) र शुखि होम (Sukhi Home vzw) बेल्जियमले Kids Shangrila Home नामक भवन निर्माण सहयोगार्थ यहि २३ सेप्टेम्वर २०१२ आईतवारका दिन बेल्जियममा नेपाल फेस्टिवलको आयोजना गर्दैछन ।
बालबालिकाको दिगो आवास र उच्च शिक्षाको लागी नेपालको साँखु (बौद्वआरुवरी), काठमाण्डौमा निर्माण गर्न लागिएको Kids Shangrila Home भवन निर्माण सहयोगार्थ आयोजित उक्त कार्यक्रम बेल्जियमको (Het Lotushuis ) Zoerleberg-30,2260 Westerlo, मा सम्पन्न हुदैछ।नेपालको संस्कृति झल्किने गरि कलात्मक तरिकाले सजाईएको Het Lotushuis भवन भित्र नेपाली सामान र खानाको प्रचार प्रसार तथा बिक्री वितरणको साथै नेपाली गीत, नाच र म्युजिक प्रस्तुत गरिनेछ।
दिनको ठिक २ बजे बाट शुरु भै बेलुका ८ बजे सम्पन्न गरिने उक्त कार्यक्रममा प्रवेश भने नि:शुल्क रहेको छ।कार्यक्रममा नेपाल भ्रमणको अनुभवबाट नेपाल सम्वन्धि पुस्तक समेत प्रकाशित गरिसकेका बेल्जिक पत्रकार निक मेईमेमबाट बेल्जिक नगरिकलाई नेपाल सम्वन्धी जानकारी गराउनेछ। हाल काठमाण्डौको साँघुमा रहेका ८० जना नेपाली विधार्थीलाई साँग्रिला होम (shangrila Home,vzw) बेल्जियमले शिक्षा,स्वास्थ्य र बसोवासको प्रवन्ध गरिरहेको छ भने (Sukhi Home vzw) बेल्जियमले भवन निर्माणको निम्ति नेपाल फेस्टिबलको आयोजना गरेको हो। नेपाल र नेपालीको सहयोगको लागी आयोजना गरिएको उक्त कार्यक्रममा बेल्जियममा रहेका सम्पूर्ण नेपालीहरुलाई सहभागी हुन सुखिहोम बेल्जियमकी अध्यक्ष क्याथरिन मेईसले अनुरोध समेत गरेकी छिन।
विस्तृत जानकारीको लागी :
www.sukhi-home.org,www.shangrilahome.be
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





