.
Feature समाचार,
६० हजार भुटानी शरणार्थी अमेरिका पुगे I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
पूर्वि नेपालका बिभिन्न शिविरमा रहेका एक लाख ८ हजार भुटानी शरणार्थी मध्ये ६० हजार शरणार्थी अमेरिका पुगेका छन्। तेस्रो देश पुनर्वास कार्यक्रम अर्न्तगत उनीहरुलाई अमेरिका लगिएको हो। बिहीबार अमेरिका जाने शरणार्थीको संख्या ६० हजार पुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासका अनुसार अमेरिका पुग्ने ६० हजारऔं शरणार्थी मा २८ वर्षीय एक महिला हुन्। उनको श्रीमान र छोरी पनि उनीसँगै अमेरिका पुगेका छन्। उनको परिवारले ओहायो राज्यको कोलम्बस शहरमा नयाँ जीवनको शुरुवात गर्दैछन्।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनसँगको निकट सहकार्यमा अमेरिकाले पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्स्थापना गर्न शुरु गरेको हो।
यस पुनर्स्थापना कार्यमा संलग्न अन्य राष्ट्रहरू अस्ट्रेलिया, क्यानडा, नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, न्युजील्यान्ड, र संयुक्त अधिराज्यले संयुक्त रुपमा यस बाहेक अन्य ११,००० शरणार्थीहरूलाई पुनर्स्थापना गरिसकेका छन्। पुनर्स्थापना कार्यक्रममा इच्छुक धेरै भन्दा धेरै भुटानी शरणार्थीलाई पुनर्स्थापना गर्ने तर्फ अमेरिका प्रतिबद्ध दूतावासले जनाएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





